राष्ट्रपतिदेखि सचिवसम्मका उच्च सरकारी अधिकारीहरुले ४० लाखभन्दा बढी मूल्यका गाडी नढन नपाउनेगरि सरकारले ल्याएको निर्देशिकाबाट हाल महंगा गाडी चढिरहेकाहरुलाई कुनै असर नपर्ने भएको छ ।
अर्थमन्त्री बर्षमान पुनले मितब्ययितासम्बन्धी निर्देशिका पालना गर्न आफुले चढिरहेको प्राडो गाडी बेच्ने घोषणा गरेपनि अन्य सरकारी अधिकारीहरुले भने वेच्न नपर्ने भएको छ । निर्देशिकाले अहिले महंगा गाडी चढिरहेका सरकारी अधिकारीहरुका लागि सस्तो गाडी चढ्नु भनेको छैन ।