हालै गएको भूकम्पले ताप्लेजुङका पिडीत जनता सरकार खोज्दै/उत्तरी सिक्किमको स्थिती भयावह

आइतबार बेलुकी आएको भूकम्पबाट सबैभन्दा धेरै प्रभावित भएको भारतको सिक्किममा मात्र ज्यान गुमाउनेको संख्या ५२ पुगेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन । यो सँगै भारतमा भूकम्पले ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ ।
नेपालीभाषीहरुको बाहुल्यताको रहेको सिक्किम राज्यको उत्तरी जिल्लामा सवैभन्दा धेरै क्षति पुगेको छ । भूकम्पसँगै सडक र संचारबाट बिच्छेद भएको उत्तरी सिक्किमको मंगनमा मंगलबार साँझतिर उद्धार टोली पुगेपनि त्यहाँ भएको क्षतिबारे कुनै बिबरण नआएको सिक्किम एक्सप्रेस दैनिककी एसोसिएट एडिटर सारिका आत्रेयले अनलाइनखवरलाई जानकारी दिइन् ।
सिक्किमका मुख्य सचिव कर्मा ग्यात्सोले बीबीसीलाई बताएअनुसार भूकम्पका कारण सबैभन्दा बढी उत्तरी सिक्किममा क्षति पुगेको छ । भूकम्पको केन्द्र रहेको मंगन शहरी क्षेत्र भएकाले त्यहाँ धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पसँगै आएको बषर्ाका कारण त्यहाँ हवाईमाध्यमबाट पनि उद्धार टोली जान सकेको थिएन् । भत्किएको बाटो बनाउँदै सेनाको उद्धार टोली सो क्षेत्रमा पुगेको छ भने संचारसम्र्पक स्थापित हुन सकेको छैन् ।
भूकम्पका कारण उत्तरी रिक्किममा सवैभन्दा बढी ३३ जनाको मृत्यु भएको छ । प्ररम्भीक तथ्यांक अनुसार भूकम्पका कारण उत्तरी सिक्किममा १ लाख भन्दा बढी घर क्षतिग्रत भएका छन् भने ज्यान गुमाउनेहरुको संख्या बढ्ने अनुमान गरिएको छ । उत्तरी सिक्किमका धेरै गाउँहरुमा मानिस भग्नावशेष मुनी पुरिएको आशंका गरिएको छ । भुकम्प पीडितहरु आफ्नो घरगाउँ नै छोडेर ठूलो खाली ठाउँमा जम्मा भएर बसिरहेका छन् । सडक नभएका क्षेत्रहरुमा सेनाले हेलिकप्टरबाट राहत सामाग्री लगिरहेको बीबीसीले जनाएको छ । ५ हजार ५ सय सैनिक सिक्किमका विभिन्न भागमा परिचालन गरिएको छ । अधिकारीहरुका अनुसार सडक भासिएका कारण उद्धार तथा राहतमा कठिनाई भइरहेको छ ।
भूकम्पका कारण सिक्किमको मुख्य सरकारको सचिवलय तथा प्रहरी मूख्यालयसँगै अधिकांश सरकारी भवनहरु भत्किाएका छन् । मुख्यमन्त्री पवन चाम्लिङको सचिवालय सम्मान भवनमा सारिएको छ भने प्रहरी मुख्यालय पनि क्षतिग्रस्त भएको छ । गान्तोक बजारका करिव दश प्रतिशत घर भत्किएको आत्रेयले बताइन् ।
ताप्लेजुङका भूकम्पपिडीत नेपाल सरकार खोज्दै
आफ्ना जनतालाई उद्धार गर्न भारतीय सेना, प्रहरी लगायतको फोर्स परिचालन भएपनि नेपाल सरकार भने भूकम्पपिडीत पूर्वी क्षेत्रका जनताको उद्धारमा खासै चासो दिइरहेको छैन् । भूकम्प गएको तीन दिन वितिसक्दा पनि भूकम्पको केन्द्रबिन्दू ताप्लेजुङका पिडितहरु राहत पाउन सकेका छैनन् । अहिले पनि अधिकांश भूकम्प पिडितहरु के हुने हो भन्ने डरमा भत्किएको घर तथा कटेरोमा रात काट्न बाध्य छन् भने केही लालाबाला बोकेर सुरक्षित बासको खोजीमा आफन्तको घरतिर लागेका छन् ।
ग्रामिण भेगको के कुरा, सदरमुकाम फुङलिङ नजिकैको दोहोका भूकम्प पिडितहरुले समेत सरकारी कर्मचारीको नाक मुख देखेका छैन । भूकम्पका कारण क्षत विक्षत भएको पहाड खस्ने डरले घुन्साको फलेगाउँका बासिन्दा अन्यत्रै गएका छन् । त्यहाँका ६२ घर परिवार विस्थापित भएको स्थानियले बताएका छन् । प्रमुख जिल्ला अधिकारी देवराज ढकालका अनुसार घुन्सा, ओलाङचुङगोला, याम्फुदिन, खेवाङ लगायतका गाविसमा मंगलबार मात्र सञ्चार सम्पर्क हुन थालेको छ ।
खेवाङमा भूकम्पसँगै गएको पहिरोमा पुरिएका ३ जनाको घाइते अवस्थामा स्थानियले उद्धार गरेका छन् । ६५ वर्षीया छलिमाया भट्टराई, कमारी दर्जी र उनो ५ वर्षीय छोरना विमलको गम्भीर घाइते अवस्थामा स्थानियले उद्धार गरेको र थप उपचारका लागि टोली पठाउने तयारी भइरहेको प्रजिअ ढकालले बताउनु भयो । उहाँका अनुसार भोलि बुधबार सेना, प्रहरी र सशस्त्र प्रहरीसहितको टोली घुन्सा, ओलाङचुङ गोला, याम्फुदिन, खेवाङ लगायतका क्षेत्रमा पठाइनेछ ।
प्रजिअ ढकालका अनुसार भूकम्पको केन्द्रविन्दू हिमाली क्षेत्रमा परेकाले कम क्षति भएको स्थानिसवासीले बताएका छन् । भूकम्पका कारण उक्त क्षेत्रमा ठूलो पहिरो गएको छ भने पहाडहरु चिरा चिरा भएका छन् । मंगलबार साँझसम्ममा चार सय घरमा क्षति पुगेको सुचना आएको छ । ताप्लेजुङसँगै इलाम, पाँचथरमा पनि दर्जनौं घरमा पूर्ण र आंशिक रुपमा असर पुगेको छ ।
म गृहमन्त्री भए पनि तर्सिएकै हुँ: गच्छदार
संसदको राज्य ब्यवस्था समितिले भूकम्पमा परि ज्यान गुमाएकाहरुको प्रति परिवारलाई १ लाख रुपैयाँ दिन सरकारलाई निर्देशन दिएको छ । सरकारले घोषणा गरेको २५ हजार रुपैयाँ राहत कम भएको भन्दै सभासदहरुले असन्तुष्टि जनाएपछि समितिले त्यसलाई बढाउन भनेको हो । समितिले मंगलबारको बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारसँगको छलफल गरेको थियो ।
बैठकमा सभासदहरुले भूकम्पिय जोखिम न्यूनिकरणका लागि सरकारले प्रभावकारी काम नगरेको बताएपछि गृहमन्त्री गच्छदारले कसैले रोक्न नसक्ने बताउनु भयो । भूकम्पलाई चीन, अमेरिका लगायतका मुलुकले त रोक्न नसकेको भन्दै उहाँले सरकारले सक्ने भए भूकम्पलाई अमेरिका पठाइदिने टिप्पणी गर्नुभयो ।