भावी रणनीति तय गर्न कांग्रेस संस्थापन पक्ष छलफलमा/भ्रातृ संगठन विघटनको देउवा पक्षले कडा प्रतिवाद गर्ने

भातृ संगठन विघटन गर्ने निर्णयको कडा प्रतिवाद गर्ने देउवा पक्षको निर्णयपछि नेपाली कांग्रेस संस्थापन पक्ष भावी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा जारी भेलामा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको छ । 
बैठकमा भातृ संगठन विघटनको विरोधमा तरुण दलका निवर्तमान अध्यक्ष महेन्द्र यादव लगायतले थालेको आमरण अनशनबारे सेमत छलफल हुनेछ ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरको बुधबार नै भएको भेलाले भातृ संगठन विघटन गर्ने बहुमतको निर्णय पार्टी नीति विपरित र अप्रजातान्त्रिक भएको ठहर खारेजको माग गरेको छ।
यसै बिच : भातृ संगठन विघटनको देउवा पक्षले कडा प्रतिवाद गर्ने
नेपाली कांग्रेसको देउवा पक्षले भ्रातृ संगठन विघटन गर्ने निर्णयको कडा प्रतिवाद गर्ने भएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरको बुधबार बुढानिलकण्ठमा भएको भेलाले भ्रातृ संगठन विघटन गर्ने बहुमतको निर्णय अप्रजातान्त्रिक, पार्टी नीति र दुई पार्टी एकताको समयमा भएको सहमति विपरित भएको ठहर गरेको छ ।
भेलाले भ्रातृ संगठन विघटन गर्ने निर्णय फिर्ताका लागि नेतृत्वलाई दबाव दिने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले अनलाइनखबर जानकारी दिनुभयो ।