प्रचण्ड र भट्टराईले नेपाललाई सिक्कीम बनाउन खोजेको माओबादी बैद्य पक्षको आरोप/१९ हजार नै समायोजन गर्नुपर्ने माग

एकीकृत नेकपा माओवादीको बैद्य पक्षले सरकारमा जान पार्टी नेतृत्वले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग राष्ट्रिय स्वाधिनता विरोधी सहमति गरेर नेपाललाई सिक्कीमीकरण गर्न लागेको आरोप लगाएको छ ।
बुधबार नयाँबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा भएको वरिष्ठ उपाध्यक्ष बैद्य पक्षका सेक्रेटरियटहरुको अन्तरक्रियात्मक राष्ट्रिय भेलाले नेपाललाई सिक्किमीकरण गर्ने षड्यन्त्र स्वरुप नेतृत्वले मधेसी मोर्चासँग चारबुँदे सहमति भएको निष्कर्ष निकालेको छ ।