काग्रेस भीत्र आन्तरिक विवादले चरम रुप लिदै/देउवा पक्षधरको भेला आजपनि

संस्थापन पक्षले एकलौटी ढंगले भ्रातृ संगठन विघटन गरेको भन्दै असन्तुष्ट कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरको छुट्टै भेला विहीवार पनि हुँदैछ ।
 
केहीबेरपछि देउवा निवास बुढानिलकण्ठमा शुरु हुने भेलामा असन्तुष्ट पक्षका केन्द्रीय सदस्य र सभासदहरु सहभागी हुँदैछन् ।
भेलाले नयाँ रणनीति तय गर्ने देउवा पक्षीय नेताहरुले बताएका छन् । देउवा पक्षले तीव्र असन्तुष्टी जनाएपछि सभापति सुशील कोईरालाले पनि आँफू निकटका नेताहरुसँग छलफल गर्नुभएको छ ।
विवाद नचर्काउन कोइरालाको आग्रह
नेपाली कांग्रसका सभापति सुशील कोइरालाले भ्रातृ संस्था विघटनको विषयलाई नचर्काउन देउवा पक्षसँग आग्रह गर्नुभएको छ । महाराजगञ्जस्थित आफ्नै निवासमा विहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभपति कोइरालाले पार्टीका नेता कायृकर्तालाई गम्भीर बन्न आग्रह गर्नुभयो ।
कोइरालाले आमरण अनसनमा बसेकाहरुलाई अनसन तोड्न आग्रह समेत गर्नुभएको छ ।
अनसनकारीको स्वास्थ्य अवस्था गम्भीर
भ्रातृ संस्था विघटन गर्ने प्रस्ताव बिरुद्ध पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका काँग्रेस नेता कार्यकर्ताको स्वस्थ्य अवस्था गम्भीर बनेको छ ।
धर्नामा बसेका चारजनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि स्टार अस्पताल सानेपामा भर्ना गरिएको छ ।