पुनर्गठित नेकपा माओवादी फुटेर तीनचिरा

मातृका यादव संयोजक रहेको पुनर्गठित नेकपा माओवादी पार्टी तीनचिरा भएको छ । माओवादीबाट दीलिप साह र भरत दाहालको नेतृत्वमा दुई समूह छुट्टिएको छ ।
माओवादीका प्रवक्ता भरत दाहालसहितका केन्द्रीय नेताहरुले बिहीबार राजधानीमा संयोजक यादवलाई पार्टीबाट निस्कासन गरेको घोषणा गरेका छन् । यादवले संगठनात्मक पद्दति र नीति अनुसार काम नगरेकोले आफ्नो नेतृत्वमा पार्टी पुनर्गठन भएको दाहालले बताउनुभयो ।
दहालले मातृका यादव निरकुश र ब्यक्तिवादी चिन्तन चरम अवस्थामा पुगेको, आफ्ना विश्वास पात्रहरुलाई पार्टीको निर्णय विपरित विना रसिद हतियार किन्नका लागि भन्दै मोटो रकम असुल्ने तर, पार्टीमा कुनै हिसाव नदेखाउने गरेको लगायतका आरोप लगाउनु भयो ।
पुनर्गठित नेकपा माओवादीबाट दीलिप साहसहितको समूह पनि अलभग अलगिएको छ । एउटै कम्युनिष्ट केन्द्र स्थापनाका लागि भन्दै साहसहितको समूह माओवादीमा मिसिने तयारीमा छ । उहाँले माओवादी नेतृत्वसँग वार्ता भइरहेको बताउनु भयो ।
तत्कालिन नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालबीच पार्टी एकता भएर एकीकृत नेकपा माओवादी बनेपछि मातृका यादव र साहले नेकपा माओवादीलाई पुर्नगठन गर्नु भएको थियो । यस्तै दहालले मसालबाट छुटि्टएर नयाँ पार्टी खेल्नु भएको थियो ।