पहिरोका कारण सुलिचौर-भालुवाङ सडक अबरुद्ध

रोल्पाको मिझिङ गविस-७ छिर्ने नजिकै स्थानीय सात्ताले खोलामा पहिरो जाँदा सुलिचौर-भालुवाङ सडक खण्ड अबरुद्ध भएको छ ।
अविरल वर्षासँगै गएराति आएको पहिरोले सडक अबरुद्ध भएपछि रोल्पा आवतजावत गर्ने सवारी साधन ठप्प भएका हुन् । 
पहिरोले सडक अबरुद्ध भएपछि गन्तव्यमा हिँडेका दर्जनौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी, सडक विभागका कर्मचारी, रेडक्रस सोसाईटी उपशाखा सुलिचौर र स्थानीयको सक्रियतामा पहिरो हटाउने क्रम जारी छ ।