व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिको बैठक आज पनि स्थगित भएको छ । विहान साढे ११ बजे समितिको कार्यालय सिंहदरबारमा बस्ने तय भएको बैठक एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसको आग्रहमा स्थगित गरिएको हो ।
माओवादी र नेपाली काँग्रेसले आन्तरिक छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्न आग्रह गरेको समिति सभापति रामनाथ ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
समितिले पुरातात्विक हातहतियार बेचिएको सम्बन्धमा छानविन गर्न विभिन्न उपसमितिको प्रस्ताव गरेको छ । उपसमितिमा रहने सदस्यहरुको विषयमा माओवादी र काँग्रेेसमा सहमति जुटेको छैन ।