शान्ति र संविधान भन्दा सत्तामा दलहरुको प्राथमिकता भएको राष्ट्रपतिको भनाइ

राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दलहरुले शान्ति र संविधानलाई भन्दा सत्तालाई प्राथमिकता दिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार द्वन्द्वपीडित पत्रकारका परिवारहरुसँगको भेटमा राष्ट्रपतिले दलहरुले सत्तालाई पहिलो र शान्ति र संविधानलाई दोस्रो एजेण्डामा राखेकाले जतिलता थपिएको बताउनुभयो । वर्तमान सरकार शान्ति र संविधान निर्माणमा सक्रिय भएको भन्दै सघाउन दलहरुलाई राष्ट्रपतिको आग्रह थियो ।
शान्ति र संविधानालाई छिटो निष्कर्षमा पुर्‍याएर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा लाग्नु पर्ने राष्ट्रपति यादवको भनाइ छ । 
पीडित परिवारका सदस्यहरुसँगको अन्तक्रिर्यामा उहाँले समयमै संधिवान बन्न नसके लोकतन्त्र तथा लोकतान्त्रिक आन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धी खतरामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।