माओबादीको बिबाद चर्किदो:सीपीको नेतृत्वमा वैद्यपक्षले परिषद् बनाउने/प्रचण्ड र वैद्यबीचको वार्ता विफल

पार्टी नेतृत्वप्रति असन्तुष्ट एकीकृत नेकपा माओवादीको मोहन बैद्य पक्षले संयुक्त राष्ट्रिय परिषद् गठन गर्ने भएको छ । देशभर नै समानान्तर कमिटी गठन गरेको बैद्य पक्षले सचिव सीपी गजुरेललाई संयोजक तोकेर परिषद् गठन गर्ने तयारी गरेको छ । जनयुद्धकालमा समानान्तर सरकारको अभ्यास गर्न डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन गरिएको संयुक्त क्रान्तिकारी जनपरिषद् बनाएको माओवादीले शान्ति प्रकृयामा आएसँगै त्यसलाई भंग गरेको थियो । वैद्य समूहले उस्तै नाम राखेर जनपरिषद्कै काम गर्नेगरि संयुक्त राष्ट्रिय परिषद् गठनको तयारी गरेको हो ।
राष्ट्रिय स्वाधिनताको रक्षा र जनताको हक अधिकार स्थगित गर्न परिषद् गठन गर्न लागिएको बैद्य पक्षको दावी छ ।