दाङमा पाँच महिनादेखि बालक, तीन सातादेखि महिला बेपत्ता

दाङ फुलवारी गाविसकी एक महिला गएको तीन सातादेखि बेपत्ता भएकी छन् । फूलवारी-८ का रोमबहादुर खत्रीकी ३१ वर्षीया श्रीमती अमृता गत भदौ १५ गतेदेखि बेपत्ता भएकी हुन् ।
उनी एकाएक बेपत्ता भएपछि माइती र आफन्तकहाँ खोज्दासमेत अवस्था पत्ता लाग्न नसेकेको रोमबहादुरले बताए । रोमबहादुरले आफ्नी श्रीमतीको खोजीका लागि प्रहरी, अधिकारकर्मी, पत्रकार र नागरिक अगुवाहरुसँग आग्रह गरेका छन् । 
उता दाङकै लक्ष्मीपुर गाविस-६ बालीमका १५ वर्षीय सोमराज नेपाली बेपत्ता भएको पाँच महिना बिते पनि उनको अझै अत्तोपत्तो लागेको छैन । परियार गत जेठ पाँच गते गाई चराउन गएका बेला बेपत्ता भएका थिए ।