प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तराष्ट्रिय समूदायसमक्ष शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाउनु भएको छ ।
शनिबार संयुक्त राष्ट्रसंघको ६६ औं महासभालाई सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो नेतृत्वको सरकार शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको बताउनु भयो । सबै राजनीतिक दलहरुको सहमतिकै आधारमा शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरि नेपालको विद्यमान संक्रमणकाल पूरा गर्ने उहाँको भनाई छ । नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गर्दै भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रियामा अन्तराष्ट्रिय समूदायको सहयोग र सद्भाव पाउने विश्वास ब्यक्त गर्नुभयो । नेपालको जारी शान्ति प्रक्रिया मौलिक रहेको भन्दै उहाँले यो विश्वका लागि उदाहरण भएको बताउनु भयो ।
प्रधानमन्त्री डा. भट्टराईले लुम्बिनीको विकासमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आहृवान गर्नुभयो । उहाँले लुम्बिनीको विकासका लागि तत्काल अन्तराष्ट्रिय समितिलाई सक्रिय पार्नु पर्नेमा जोड दिनुभयो । जलवायु परिर्वतनले नेपालको हिमाल र दक्षिण एसियामा गम्भीर असर परेको भन्दै उहाँले त्यसका लागि औद्योगिक देशहरु जिम्मेबार रहेको बताउनु भयो ।
राष्ट्रसंघको शान्ति सेनामा नेपालले अहम भूमिका खेलेको भन्दै प्रधानमन्त्री डा. भट्टराईले नेपाल अन्तराष्ट्रिय शान्ति र सुरक्षा स्थापनामा आफ्नो प्रतिवद्ध रहेको बताउनु भयो । शान्ति सेनामा ८० हजार नेपाली सेनाले भाग लिएको र उनीहरु मध्ये ६२ जना मारिएको भन्दै उहाँले नेतृत्व तहमा नेपालको समान सहभागिता हुनु पर्नेमा जोड दिनुभयो ।
नेपालजस्तै द्वन्द्वोत्तर मुलकको पुन निर्माणका लागि संयुक्त राष्ट्रसंघ वेग्लै मार्सल प्लानका साथ आउनुपर्ने माग गर्दै प्रधानमन्त्रीले सांकेतिक सहयोगमात्र पर्याप्त नहुने बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको समेत पुनसंरचनामा जोड दिंदै भट्टराईले राष्ट्रसंघको महासभा



