आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले भ्रमण अघि एजेण्डा तय गर्न कार्यदल गठन गरिने जानकारी समेत दिनुभयो । विमानमा एयर मास्रल राख्ने तथा सुपुदर्गी सन्धीमा हस्ताक्षर गर्नेबारे संचारकर्मीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले राष्ट्रहित विपरित कुनै सम्झौता नगर्ने बताउनु भयो ।
सरकार गठनका क्रममा भएको चारबुँदे सहमतिमा नेपाल र सम्वन्धित मित्र राष्ट्रहरुकसँगको दुई पक्षीय सम्मान र हितलाई ध्यानमा राखेर सहमति हुन नसकेका विषयमा सहमति गर्ने उल्लेख छ । विमानमा एयर मास्रल राख्ने तथा सुपुदर्गी सन्धीमा हस्ताक्षर गर्न खोजिएको भन्दै माओवादीको मोहन बैद्य पक्षले चारबुँदेलाई राष्ट्रघाती भनेको छ ।
प्रधानमन्त्री डा भट्टराईले भारतीय समकक्षी सिंहसँग भएको छलफल विशेष महत्वको भएको बताउनुभयो । भट्टराईले भारत भ्रमणपछि आफू चीन भ्रमणमा जाने योजना रहेको सुनाउनु भयो ।
News update by binod gaire kathmandu
binodgaire@sandhikharka.com



