काठमाडौ – नेपाली कांग्रेसले भातृसंस्थाको विवाद मिलाउन सोमबार कार्यदल बनाएको छ । भातृसंस्था विघटन गरी तयारी समिति बनाउने पार्टी केन्द्रीय समितिको निर्णयलाई लिएर उत्पन्न विववाद मिलाउन ६ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा संस्थापन पक्षबाट महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत र नरहरी आचार्य छन भने नेता शेरवहादुर देउवा पक्षबाट खुमवहादुर खडका, गोपालमान श्रेष्ठ र पुर्णवहादुर खडका छन् ।
नेपाल तरुण दल, महिला संघ, आदिबासी जनजाती संघ, प्रजातान्त्रिक सेनानी संघ र मगर संघ विघटन गर्ने पार्टी केन्द्रीय समितिको निर्णय फिर्ता गराउनु पर्ने देउवा पक्ष र निर्णय फिर्ता नगर्ने सभापति सुशिल कोइरालाको अडानका कारण पार्टीभित्र विवाद चुलिएको हो ।
भातृसंस्था विघटनको विरोधमा पार्टी केन्द्रीय कार्यालयमा एकसाता अघिदेखि बसेको आमरण अनशन जारी छ । आमरण अनशनमा बस्नेहरुको स्वास्थ्यस्थित चिन्ताजनक हुँदै जानथालेपछि सहमती खोज्न नेताहरुमा दबाव परेको थियो ।



