प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलहरुबीच न्यूनतम सहमति नभई ४५ दिनभित्र समायोजन र पुनर्स्थापनामा जान चाहने माओवादी लडाकूहरुको पुनर्वर्गीकरण सम्पन्न गर्न नसकिने बताएका छन्।
उनको यो भनाइ आफ्नै दलका अध्यक्षको भनाइसंग फरक छ।
खासगरी विपक्षी दलहरु नेपाली कांग्रेस तथा नेकपा एमालेसंग सहमति नभएपनि माओवादी एक्लैले शान्ति प्रक्रियालाई अघि बढाउने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइ आएका थिए।
तर सोमबार प्रधानमन्त्रीले सो काम एक्लै गर्न नसक्ने प्रष्ट संकेत गरे।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार बिहान काठमाण्डौं आइपुग्ने बित्तिकै प्रधानमन्त्री भट्टराईलाई पत्रकारहरुले उनले नै तोकेको भनिएको ४५ दिने समयसीमाबारे प्रश्न गरेका थिए।



