काठमाडौं । इस्लामी संघ नेपालका
महासचिव फैजाद अहमदको अज्ञात समूहले सोमबार अपराहृन गोली हानी हत्या गरेको
छ ।जामे मस्जिदमा नमाज पढेर आउँदै गरेका ३५ वर्षीय अहमदलाई २ जनाको
हतियारधारी समूहले महानगरीय प्रहरी प्रभाग रानिपोखरी आगाडी नै गोली हानी
हत्या गरेको हो ।
गोली लागि गम्भीर घाइते भएका सुनसरी
भोक्राहा स्थायी घर भएका अहमललाई तत्काल वीर अस्पताल पुर्याएको थियो ।
उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी
र छातिमा गोली लागेको छ । गोली लागी ढलेका अहमदलाई त्रिचन्द्र क्याम्पसका
विद्यार्थीले अस्पताल पुर्याएका थिए । घटनालगतै विद्यार्थीहरुले अहमदलाई
उठाउन खोज्दा आक्रमणकारीले पेस्तोल देखाएको बताइएको छ । आक्रमणकारीहरु
भागेपछि मात्र विद्यार्थीहरुले प्रहरीलाई खबर गरी अहमदलाई अस्पताल गरेको
थिए ।
सरक्षाका दृष्टीले संवेदनशील मानिएको
घन्टाघर क्षेत्रमा गोली हानी अहमदको हत्या गर्ने हतियारधारी समूह अझै
पक्राउ परेका छैन । वर्षादी लगाएर आएका हतियारधारी उनीहरु पैदल कमलादीतर्फ
भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थल अगाडी महानगरीय प्रहरी
प्रभाग रानिपोखरी छ । कार्यालय क्षेत्रमा सीआरबी भेन २४ घण्टै तैनाथ रहन्छ
। यस्तै केही अगाडी महानगरीय प्रहरी वृत्त दरबारमार्ग प्रहरी छ भने
कमलादीतर्फ पनि २४ घण्टा नै प्रहरी तैनाथ रहन्छ । अमेरिकी राजदूतको
निवासको सुरक्षामा अत्याधुनिक हतियारसहितको सशस्त्र प्रहरी खटिन्छ ।
काठमाडौं प्रहरीले भने घटनामा संलग्नहरुको खोजी सुरु भइसकेको बताएको छ ।यसैबीच घटनालगतै काठमाडौं प्रहरी प्रमुख
एसपी केदार रिजाल कारवाहीमा परेका छन् । गृह मन्त्रालयको निर्देशनमा
प्रहरी प्रधान कार्यालयले एपसी रिजाललाई प्रधान कार्यालय नक्सालमा सरुवा
गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा १ नम्बर गण नक्सालस्थित प्रहरी विशेष
कार्यदलमा कार्यरत एसपी राजेन्द्र श्रेष्ठलाई ल्याइएको छ ।
यसैबीच सरकार र पिडित परिवारबीच घटनाको
छानविन गर्ने र मृतकलाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमति भएको छ ।
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसहितको टोली र पिडित पक्षबीच
भएको वार्तामा मृतकका परिवारलाई क्षतिपूर्ति दिने र मृतकका छोरा छोरीलाई
पठन पाठनको व्यवस्था गर्ने सहमति भएको छ । गृहमन्त्री गच्छदारले घटना आफू
र प्रहरी प्रशासनलाई ठूलो चूनौति भएको भन्दै दोषीमाथि कारवाही हुने बताउनु
भयो । उहाँले भन्नुभयो-



