सप्तकोशी नदीमा पानीको वहाव यो बर्षकै उच्च


 

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको वहाव यो बर्षकै उच्च भएको छ । मनसुन सकिन लाग्दा पूर्वी पहाडी जिल्लाहरुमा भएको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको हो ।

 

कोशी व्यारेज नियन्त्रण कार्यालयका अनुसार आज बिहान १० बजे कोशीमा पानीको बहावप्रति सेकेण्ड २ लाख ६३ हजार, १ सय ६२ क्युसेक मापन गरिएको छ ।

 

काशीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ३५ वटा ढोका खोलिएको छ । खतराको सूचकका रुपमा व्यारेजका दुवै छेउमा रातो बत्ती बालिएको छ ।