एघारौं राष्ट्रिय जनगणनाको नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९


 

काठमाडौ – राजधानी काठमाडौंबाट पछील्लो पटक प्राप्त समाचार अनुसार नेपालको एघारौं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ जना रहेको छ । गत असार ३ देखि १३ गतेसम्म मुलुकमा ११ औं जनगणना गरिएको थियो ।

समाचार अनुसार हरेक दश बर्षमा गरिने राष्ट्रिय जनगणनाको पछिल्लो नतिजा अनुसार अघिल्लो बि‌.सं. २०५८ सालमा गरिएको भन्दा १४.९९ प्रतिशन जनसंख्या धेरै देखिएको हो । त्यसबेला २ करोड ३७ लाख जनसंख्या थियो ।

यस पटक पनि पुरुषको संख्याभन्दा महिलाको संख्या केही बढि देखिएको छ । जनगणना अनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.६६ प्रतिशत) र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) रहेको छ । मुलुकको जनसंख्याको बार्षिक बृद्धदर १.४० प्रतिशत देखिएको छ । यसअघिको जनगणनामा २ प्रतिशतभन्दा बढि देखिएको थियो ।

देशभरीमा जम्मा ५६ लाख ५९ हजार ९ सय ८४ घर परिवार रहेका छन् । उनीहरुको लागि ४७ लाख ६७ हजार १ सय ९६ घर तथा भवनहरु रहेको पनि जनगणनाले देखाएको छ ।