दशैंको अवसरमा पाँच बर्ष वा सो भन्दा माथिका कैदीहरुलाई कैद मिनाह गर्ने मन्त्रीपरिषद्को निर्णय

 सरकारले पाँच बर्ष वा सो भन्दा माथिको कैद जीवन तोकिएका कैदीहरु मध्ये ६० प्रतिशत कैद जीवन भुक्तान गरिसकेका कैदीहरुलाई दशैंको अवसरमा कैद मिनाह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्रीको प्रस्तावमा यस्तो निर्णय गरिएको हो ।

 

विभिन्न कारागारबाट आएको सिफारिसको आधारमा कैद मिनाह गर्ने निर्णय गरिएको बताइएको छ । यस्तै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व अर्थसचिव रामेश्वर खनाललाई पारिश्रमिक नलिने गरी सल्लाहकारमा नियुक्त समेत गरेको छ । यस्तै हिजो हत्या गरिएका ईस्लामी संघका महासचिव फैजल मोहमदको हत्याको छानविन गर्न सहमहान्यायाधीवक्ताको संयोजकत्वमा तीन सदस्यीय छानविन समित बनाइएको छ ।

 

यसैगरी घरजग्गा खरिदमा एक करोड र सवारी साधन खरिदमा स्रोत खुलाउन नपर्ने निर्णय पनि सरकारले गरेको छ ।