अन्तत रक्षामन्त्रीद्वारा राष्ट्रिय एकताको पक्षमा रहेको स्पष्टिकरण
रक्षामन्त्री शरतसिंह भण्डारीले आफू राष्ट्रिय एकताको पक्षमा रहेको स्पष्टिकरण दिएका छन् । उनले मिडियामा आएको कुरा असत्य भएको दाबी गर्दै आफू राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रतिबद्ध रहेको बताए ।
मन्त्रिपरिषद् बैठकले पनि सरकार राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा अडिग रहेको प्रस्ट पार्दै भ्रममा नपर्न आग्रह गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । रा स स