सरकारले माओवादी जनयुद्ध र मधेश आन्दोलन ताका मृत्यु भएका र बेपत्ता भएका परिवारलाई तीन लाख रुपैयाका दरले राहत दिने

सरकारले माओवादी जनयुद्ध र मधेश आन्दोलन ताका मृत्यु भएका र बेपत्ता भएका परिवारलाई तीन लाख रुपैयाका दरले राहत दिने भएको छ । आज बसेको मन्त्रिपरिाषद बैठकले शहीद भएकाहरुलाई प्रति परिवार तीन लाख रुपैयाका दरले तत्कालीन राहत उपलब्ध गराउने निर्णय गरेको हो ।


माओवादी जनयुद्ध ताका तेह्र हजारको मृत्यु भएकोमा माओावादीले नौ हजारलाई शहीद दावी गर्दै परिवारलाई राहत दिनुपर्ने माग गर्दै आएको थियो । मन्त्रिपरिषदनले रक्षामन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय एकता र अखण्डा विरुद्ध अभिब्यक्ति दिएको भन्ने बारेमा आफ्नो धारणा स्पष्ट गरेको छ । मन्त्रिपरिषदले सरकार राष्ट्रिय एकता र अखण्डताप्रति दृढ रहेको स्पष्ट गरिएको छ । बैठकमा मन्त्री भण्डारीले आफुले राष्ट्रिय एकता र अखण्डता विरुद्ध नबोलेको प्रष्टिकरण दिनुभएको बताईएको छ ।