काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले जनताका चासो, अपेक्षा, गुनासो र सरोकारबारे जनतासँगै प्रत्यक्ष रुपमा रेडियो नेपालमार्फत संवाद गर्ने भएका छन् ।
आइतबार राति अङ्ग्रेजी समाचारपछि राष्ट्रिय प्रसारण रेडियो नेपालको केन्द्रीय स्टुडियोबाटै प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्नुका साथै आफ्ना भावी योजनाबारे पनि जानकारी गराउनेछन् ।