रक्षामन्त्री शरदसिंह भण्डारीको अभिव्यक्ति राष्ट्र बिखण्डन गर्ने एवं राष्ट्रघाती भनाई भएको भन्दै सात राजनैतिक दलद्धारा विरोध

प्यूठान – रक्षामन्त्री शरदसिंह भण्डारीले दिएको सार्वजनिक अभिव्यक्ति राष्ट्र बिखण्डन गर्ने एवं राष्ट्रघाती भनाई भएको भन्दै प्यूठानका सात राजनैतिक दलले शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी विरोध गरेका छन् ।

देसी विदेशी शक्तिको आडमा नेपालको राष्ट्रियता अखण्डलाई ख्याल नराखी तराईका विविध समस्यालाई देखाएर २२ जिल्ला अलग हुन सक्ने भन्ने अभिव्यक्ति प्रति सदरमुकाम खलंगामा संयुक्त बैठक बसी यहाँका राजनीति दलले विज्ञप्ती जारी गरेका हुन् ।

रक्षामन्त्री जस्तो पदमा आसिन भण्डारीले राष्ट्रीयता अखण्डता र नेपाली जनता प्रति गद्दारी गरेको भन्दै नेपाललाई टुक्रयाउने, सिंगो तराईलाई बिखण्डन गरी विदेशी शक्तिको हातमा सुम्पने अभिव्यक्ति भएको ठहर गरेका छन् ।

यसको बिरोधका लागि शनिबार साँझ सदरमुकाम खलंगामा मसाल जुलुस गर्ने भएका छन् । यस प्रकारको राष्ट्रियता विरोधी अभिव्यक्ति सरकारमा जाने ४ बुंदे सहमतिको उपज भएको हुँदा ४ बुँदे सहमतीको खारेजीको समेत मागसहित सबै देशभक्ति राष्ट्रबादी शक्ति आम जिल्ल्ाावासीलाई एकबद्ध भई राष्ट्रघातका विरुद्ध संघर्षमा जुट्न आग्रह गरिएको छ ।

 जारी विज्ञप्तीमा माआवबादीका जिल्ला इन्चार्ज धनेश्वर पोखे्रल, राष्ट्रीय जनमोर्चा प्यूठानका सचिव राम पहाडी, नेकपा एमाले प्यूठानका अध्यक्ष हरि रिजाल, नेपाली कांग्रेसका सुवास के.सी., नेकपा मालेका धनेश्वर गौतम राप्रपाका बुद्धबहादुर जीसी , एकीकृतका तिकाराम पौडेलले  हस्ताक्षर गरेका छन् ।