राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दशैंको अवसरमा आज शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ । आफ्नै पार्टी कार्यलयमा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको गठबन्ध सरकारले गरेको चार बुँदे सहमति राष्ट्रघाती भएको आरोप लगाउनु भयो ।
रक्षामन्त्री शरत सिंह भण्डारीले दिएको अभिव्यक्ति झनै खतरनाक भएको भन्दै थापाले त्यसबारे प्रधानमन्त्री बाबुराम भट्टराइले स्पष्ट नपारे दशैंपछि आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
मधेशी नेताको बुतामा मात्रै देश टुक्रन संभव नभएको भन्दै उहाँले शतर सिंह भण्डारीले विदेशी शक्तिको बलमा देश विखण्डनको कुरा ओकलेको हो भन्नुभयो ।