– कृष्ण खनाल
बुटवल १५ असोज- मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल काहुराष्ट रुपन्देहीले राजनितीक दलमा आवद्द युवाहरुको लागी लक्षित गरी आयोजना गरेको मानवअधिकार शान्ति र नागरिक शिक्षा तालिम आईतवार समापन भएको छ । संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्राध्यापक तथा प्रगतिसिल लेखक दिल शाहनीले मानवअधिकारको परिभाषा फरक-फरक अवस्थामा फरकफरक व्याख्या गरेपनि मावनको जन्मशिद्ध अधिकार नै मानवअधिकार भएको वताए ।
सहभागिको तर्फवाट कमल थापा र दानमाया थापाले आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न र मानवअधिकारको वारेमा अन्य युवा वर्गलाई जानकारी दिन प्रतिवद्ध भएको वताए । दुई दिने तालिममा पहिलो दिनको तालिममा प्राध्यापक रामलाल जोशी नेत्र पाण्डे र राजेन्द्र कुँवरले सहजीकरण गरेका थिए भने दोश्रो दिन अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुन र जेनेभा महासंन्धी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मानवअधिकार मिडिया र यसको महत्व तथा पोष्ट वहादुर वुढाले शान्ति प्रकृयामा युवाहरुको भुमिका विषयमा सहजीकरण गरेका थिए ।
त्यसै गरी सचिव राजेन्द्र कुँवरले नागरिक शिक्षा यसको विषयवूस्तु र महत्व केन्द्रिय सदस्य नेत्र पाण्डेले मानवअधिकारको संरक्षण शान्ति स्थापनामा राज्यको दायित्वको वारेमा प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई समुहगत छलपल गराई स्थानिय तहमा नागरिक तथा मानवअधिकार वारे प्रशिक्षणको लागी कार्ययोजना तयार गरेका थिए । तालिममा जिल्लामा कि्रयासिल विभिन्न दलका ४० भन्दा वढि युवाहरुको सहभागिता रहेको थियो ।