केन्दि्रय अध्यक्ष राजेन्द्र महतोले जिल्ला पार्टीसंग सरसल्लाह नगरी पुर्बाग्रही तरिकाले जिल्ला अध्यक्ष पदबाट कुन्जबिहारी चौधरीलाई निष्काशन गरेको जनाउदै राजिनामा दिएका हुन् । चौधरीलाई जिल्ला अध्यक्ष पदबाट हटाएर महतोले राष्ट्रिय सल्लाहकार बनाएका थिए । राष्ट्रिय सल्लाहकार चौधरीको अध्यक्षतामा जिल्ला नेताहरुको बसेको बैठकले सामुहिक राजिनामा दिने निर्णय गरिएको जिल्ला सचिब शिबप्रताप चौधरीले बताए ।
यसरी राजिनामा दिनेहरुमा जिल्ला सचिब, कोषाध्यक्ष र ५ जना जिल्ला सदस्य रहेका छन् । त्यस्तै क्षेत्र नं. १, २, ४ र ५ का क्षेत्रीय अध्यक्ष र नगर अध्यक्ष समेत ३३ जनाले राजिनामा दिएका छन् ।



