इजिप्टमा ईसाई धर्माबलम्बी र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना मारिएपछि इजिप्टमा रात्रीकालीन कप्mर्यु आदेश जारी गरिएको छ ।
इजिप्टको असवान प्रान्तको एक चर्चमा गत साता भएको आक्रमणमा मुश्लिम समुदायको हात रहेको भन्दै विरोधमा इसाई धर्मावलम्बीले इजिप्टका विभिन्न शहरमा प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडप भएको हो ।
प्रदर्शनमा उत्रेका ईसाई धर्मावलम्बीले सेनाको गाडीमा आगजनी गर्नुका साथै कयौं पसल तोडफोड गरेका छन् । यसैबीच इजिप्टका प्रधानमन्त्री एशाम शराफले जनतालाई शान्त रहन अपील गरेका छन् । यस घटनाले इसाई र मुश्लिमबीच असहिष्णुता बढ्नसक्ने भन्दै सबैलाई शान्त रहन अपील गरिएको हो ।