मेरो जीबन

डि.आर.जी-सुमन
मैदान ५ अर्घाखाँची

 

दिनभरि महल बनाएँ तर म बस्छु झुप्रोमा
अरूको लागी डस्ना बनाएँ तर म सुत्छु पराले थुप्रोमा

थरीथरीका लुगा सिलाएँतर लाउँछु म टालेको
चौरासी व्यञ्जन तयार पारें तर खान्छु म फालेको


विद्यालयमा बस्छु सधैं नै तर पनि पढुँ भनी ठान्दिन
घन्टी ठोक्छु ठीक समयमा तर घन्टीको भाषा म जान्दिन


बिरामी छु भन्दिन कहिल्यै तयार छु म जे पनि गर्न
ज्यालामा छ हाम्रो जीवन भोको पेटमा माड भर्न