काठमाडौ – सभामुख सुवासचन्द्र नेम्वाङ्ले संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलसँग परामर्श गरेका छन् । ठूला दलहरु माओवादी, काँगंरेस र एमालेबाहेकका दलहरुसँग सभामुखले परामर्श गरेका हुन् ।
दसैं लगत्तै संविधान निर्माणको विषयलाई लिएर तीन दलका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटेर परामर्श गरेका सभामुख नेमवाङ्ले बुधबार दिउँसो १ बजेदेखि अरु दलका नेताहरुसँग छलफल गरेका हुन् ।
हाल संविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ३० रहेको छ ।
संविधानसभाको तेस्रो पटक थपेको म्याद सक्न पनि डेढ महिनामात्र बाँकी रहँदा संविधानसभाका अध्यक्ष समेत रहेका सभामुख नेम्वाङ्ले परामर्शलाई तीब्र बनाएका हुन् ।



