काठमाण्डौमा उर्जा संकट तथा जलवायुपरिवर्तन सम्बन्धि अन्र्तराष्ट्रिय सम्मेलन

राष्ट्रपति डाक्टर रामवरण यादवले जलवायु परिवर्तन सम्बन्धि समस्या समाधानका लागि विकासोन्मुख देशहरु एकजुट हुनुपर्ने बताएका छन।

 

काठमाण्डौमा आयोजित उर्जा संकट तथा जलवायुपरिवर्तन सम्बन्धि अन्र्तराष्ट्रिय सम्मेलन समापन कार्यक्रममा राष्ट्रपति यादवले उर्जा संकट विश्वकै चुनौतीका रुपमा देखा परेकोप्रति चिन्ता व्यक्त गरे ।

 

 उर्जा संकट समाधान तथा जलवायु सम्बन्धि समस्या समाधानका लागि नविकरणीय उर्जालाई सरकारले प्राथमिक्ता दिनुपर्नेमा राष्ट्रपति यादवको जोड थियो । बुधबारबाट सुरु भएको सम्मेलनमा विश्वका ५० मुलुकका उर्जाविज्ञहरुको सहभागिता रहेको थियो ।