मलेसियाबाट बङ्गलादेशको युनाइटेड एयरलाइन्सबाट नेपाल फर्किएका १४२ जना नेपालीको लगेज हराए

काठमाडौं  – मलेसियाबाट बङ्गलादेशको युनाइटेड एयरलाइन्सबाट गत बुधबार नेपाल फर्किएका १४२ जना नेपालीको लगेज हराएको छ ।

मलेसियाबाट सोही एयरलाइन्सबाट काठमाडौँ फर्केका काभ्रे पलाञ्चोक, कुशादेवीका राजकुमार सापकोटाले शुक्रबार राजानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए ।

सापकोटाले त्रिभुवन विमानस्थलमा ओर्लि लगेज लिनजाँदा आफूलगायत १४२ औँ जनाको लगेज नपाइएको र सो विषयमा विमानस्थलमा कार्यरत सरकारी पदाधिकारीसँग सोधखोज गर्दा कुनै जवाफ नपाएको र हामीमाथि गैरजिम्मेवारी व्यवहार गरेको गुनासो गरे ।

लगेजका विषयमा ट्राभल एजेन्टसँग बुझ्दा मलेसियाबाट नै नआएको र अर्को बुधबार सम्म आउनसक्ने सम्भावना मात्र रहेको जवाफ पाएको सापकोटाले बताए ।