समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण

– कृष्ण खनाल


बुटवल २८ असोज – राजनितीक दलले युवाहरुलाइृ सहि रुपमा परिचालन गर्न सके समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्न सक्ने विभिन्न राजनितीक दलमा आवद्ध युवाहरुले वताएका छन । उनिहरुले युवाहरुलाई राज्यको हरेक स्थानमा प्राथमिकता दिनुपर्ने वताए । कतिपय युवाहरु विभिन्न कारणले कुलतमा फसने गरेको वताउदै उनिहरुलाई सुधार गरी सहिमार्गमा हिडाउन युवाहरुको राजनितीक दललाई आग्रह थियो ।


उनिहरुले राजनितीक परिवर्तमा युवाहरुको भुमिका महत्वपुर्ण भएपनि दलहरुले नै युवाहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरे । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल काहुरास्टरुपन्देहीले शुक्रवार वुटवलमा आयोजना गरेको मानवअधिकार लोकतन्त्र शान्ति र संविधानका लागी युवावर्गको भुमिका  विषयक अन्तरकृया कार्यक्रममा युवाहरुले लोकतन्त्र संस्थागत गर्न र शान्ति स्थापनामा युवावर्गको भुमिका महत्वपुर्ण हुने वताए । कार्यक्रममा एकिकृत नेकपा माओवादी राष्ट्यि जनमुक्ति पार्टी लगायतका राजनितिक दलमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो । 

 

 युवाहहरु समाज रुपान्तरणको संवाहक भएको वताउदै उनिहरुले राजनितिक दलहरुले तिनीहरुको आवश्यकतालाई मध्यनजर गरेर अघि वढ्नु पर्नेमा जोड दिए । काहुरास्ट रुपन्देहीका सचिव राजेन्द्र कुँवरको अध्यक्षता  कोषाध्यक्ष जनक पौडेलको स्वागत  कोअडिनेटर रुद्रहरी कुँवरको संचालनमा भएको कार्यक्रम संस्थाका सदस्य तोलाकान्त डुम्रेले निचोड प्रस्तुत गरेका थिए ।


काहुरास्ट रुपन्देहीले राजनितीक दलमा आवद्ध युवाहरुलाई लक्षित गरेर अन्तरकृया  तालिम तथा गोष्ठीहरु संचालन गदै आएको छ । केन्द्रिय कार्यक्रम अन्तरर्गत राजनितीक दलमा लागेका युवाहरुलाई मानवअधिकार शिक्षा प्रदान गदै लोकतान्त्रिक पद्धतीको विकास गरी लोकतन्त्र  शान्ति स्थापनामा लाग्न प्रेरित गर्न कार्यक्रम संचालन गरेको काहुरास्टले जनाएको छ ।