हिन्दु यूवा संघका अध्यक्ष काशिनाथ तिवारी हत्याका आरोपी भूमिसुधार मन्त्री प्रभु साहविरुद्ध मुद्दा दर्ता नगरेर उन्मुक्ति दिइएको भन्दै अधिकारकर्मी र कानुनविद्हरुले आपत्ति जनाएका छन् । आज राजधानीमा भएको कार्यक्रममा अधिवक्ता डा. भिमार्जुन आचार्यले माहान्यायधिवक्ताले नै अपराधीलाई संरक्षण दिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा सहभागी तिवारीकी श्रीमती र आफन्तहरुले मन्त्री साहमाथि कारवाही नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । आफुहरुलाई प्रलोभनमा पार्न खोजिएको भन्दै उनीहरुले न्याय नपाए सम्म चुप लागेर नबस्ने वताएका थिए ।



