
चितवनमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले समाधानका लागि कुराकानी भइरहेको बताएको खबरहरु आएका छन्।
विवादमा परेका मधेशी मोर्चा सम्बद्ध मन्त्रीको पार्टीका महासचिव तथा प्रवक्ता जीतेन्द्र देवले पनि दुइ पार्टीका अध्यक्षबीच कुराकानी भइरहेको र सहमतिमै समाधान खोजिने बताएका छन्।
तर मोर्चा सम्बद्ध अन्य पार्टीका नेताहरुले आज माओवादी नेताहरुसँग भएको कुराकानीका अवसरमा रक्षामन्त्रीले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारेको सार्वजनिक गरेका छन्।
यसअघि मधेशका २२ जिल्ला छुट्टिनबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका भनिएका रक्षा मन्त्री शरद सिंह भण्डारीले राजीनामा दिनुपर्ने एकीकृत माओवादी पार्टीले निर्णय गरेको थियो।
माओवादीको निर्णयको आलोचना गरेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले पनि विवादमा परेका दुवै मन्त्रीबारे प्याकेजमै समाधान खोजिने र गठबन्धन नटुटने जनाएको छ।
समाधान खोज्न गठबन्धन दलहरुबीच छलफल चलिरहेको फोरम लोकतान्त्रिकका प्रवक्ता जीतेन्द्र देव बताउँछन्।



