शाही शासनका बेलादेखि नेपाली सेनाले कब्जामा लिएको भद्रकाली-माइतीघर सडक सर्वसाधारणका लागि खुल्ला

काठमाडौं  – शाही शासनका बेलादेखि नेपाली सेनाले कब्जामा लिएको भद्रकाली-माइतीघर सडक सर्वसाधारणका लागि खुल्ला गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले निर्देशन दिएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धि आइतबार सिंहदरवारमा भएको छलफलमा प्रधानमन्त्रीले भद्रकाली-माइतीघर सडक सर्वसाधारणका लागि खुल्ला गर्न निर्देशन दिएका हुन् ।

बाटो बन्द हुँदा त्यस क्षेत्रमा सवारी जाम भएको भन्दै प्रधानमन्त्री भट्टराईले सात दिनभित्र सर्वसाधारणका लागि खुला गर्न निर्देशन दिएका हुन् ।

ट्राफिक प्रहरी, याता व्यवस्था मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, विद्यत प्राधिकरण तथा नेपाल टेलिकमका प्रतिनिधिसमेतलाई राखेर सडक मर्मत तथा ट्राफिक व्यवस्था सुधार्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सडक छेउछाउमा राखिएका उत्तेजक होर्डिङ बोर्ड हटाउनसमेत निर्देशन दिएका छन् ।