युवाहरुको आधारभुत आवश्यकता पुरा गर्न राज्य गम्भिर नहुदा शान्ति प्रकृयामा प्रभाव

– कृष्ण खनाल


कात्तिक- युवाहरुको आधारभुत आवश्यकता पुरा गर्न राज्य  गम्भिर नहुदा त्यसको प्रभाव द्धन्द न्युनिकरण र शान्ति प्रकृयामा परेको  एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

 

 उनिहरुले युवा वर्गको प्रमुख समस्या रोजगारी भएको वताउदै शैक्षिक रोजगारीले  युवाहरुलाई गलत वाटोमा  लाग्न प्रेरित पारेकॊ वताए । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल काहुरास्ट रुपन्देहीले मंगलवार भैरहवामा आयोजना गरेको द्धन्द न्युनिकरण र शान्तिका लागी युवा वर्गको भुमिका विषयक अन्तरकृया कार्यक्रमा सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन । कार्यक्रममा एकिकृत नेकपा माओवादीका शिद्धार्थनगर नगर समिती
इन्चार्ज उमेश खनालले युवाहरुले राजनितीक दलहरुलाई युवा मैत्री निति तथा कार्यक्रम ल्याउनको लागी दवाव नदिएकाले राज्यवाट पनि  युवावर्गको समस्या समाधानको पहल हुन नसकेको धारणा व्यक्त गरे ।

 

उनले माओवादी जनसेनाले हतियार वुझाए शान्ति आउछ भन्नु गलत मानसिकताको उपज भएको टिप्पणी गरे उनले दिगो शान्ति स्थापनाको लागी असन्तुष्टीका श्वरहरुलाई वेलैमा वुझ्नु पर्ने वताए । नेपाली कांगेसका नगर कार्यवाह सभापति विष्णु थापाले सवै जातजाति भाषाभाषी तथा फरक विचार राख्नेहरुसंग नि  सहमती सहकार्य र एकताले मात्र शान्ति स्थापना हुने वताए । युवाहरु विदेश पलायन हुने क्रम नरोकिउको भन्दै उनले स्वदेश मै उनिहरुको रोजगारीको श्रृजना गर्नु पर्ने वताए ।


युवा संजाल नेपालका केन्द्रिय महासचिव शिव प्रसाद गैरेले सरकारले गास वास कपार स्वास्थ शिक्षा रोजगारको ग्यारेण्टी गर्नु पर्ने माग गरे । नेकपा एमालेका यस एम यस विकेले श्रोत साधनको अभाव तर युवाहरुमा असिमिती चाहना भएकाले द्धन्दको श्रृजना हुने गरेको वताए । नेपाल सद्भावना पार्टी आनन्ददेवीका नगर सभापति धु्रव नारायण त्रिपाठीले गरिवी द्धनदको कारण भएको वताउदै गरिवी निवारण गर्नु पर्नेमा जोड दिए ।


काहुरास्ट रुपन्देहीका अध्यक्ष नेत्रवहादुर पाण्डेको अध्यक्षता उपाध्यक्ष रामलाल जोशीको स्वागत  सहसचिव हरी प्रसाद रेग्मीको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका वलराम कुमार सुनार तरुण दलका जिल्ला उपाध्यक्ष भरत केसी एमाओवादीका नगर सदस्य मोझिव अली अखिल क्रान्तिकारीका सुमन न्यौपाने युवासंघ नेपालका सुनिल कुमार कुँवर आषिश मिश्र केशव कुँवर लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।