– कृष्ण खनाल
बुटवल २ कार्तिक । तिहारमा दिपावलीका लागी माटो तथा पित्तलको दियो को सट्टा मैन बक्तिको प्रयोग हुन थालेको छ ।
तिहारको लक्ष्मी पुजाको दिनदेखी भाईटिका सम्म घर-घरमा साँझको समयमा दिपावली गर्ने गरिन्छन । गाउघरमा सालको पातबाट निर्माण गरिएको दियो तथा सहरमा माटो बाट बनाइएको दियो प्रयोग गर्ने गरिन्थो । तर पछिल्लो समयमा भने माटोको दियो को सट्टा मैन बक्तिको प्रयोग गर्नथालिएको छ ।
बजारमा सजिलै संग उपलब्ध हुने जलाउको लागी झनझट नहुने तथा सस्तो पर्ने भएको कारण मानिसहरु मैन बक्ति तर्फ आकृषीत भएको व्यवसायीहरु बताउदछन । माटोको दियो मात्र खरिद गरेर नुहने त्यसमा आवश्यक बक्ति र तेलको समेत आवश्यक पर्ने भएको कारण महङ्गको हुने गरेको बताईन्छ । तिहार नजिकीदै जाँदा मैन बक्तिको व्यासायमा लागेका व्यसायी तथा मैन बक्ति उत्पादन गर्ने उद्योगीहरुलाई पछिल्लो समयमा भ्यानभ्याई छ ।
बुटवल -६ आर्दश नगरमा रहेको शिव क्यान्डील उद्योगका साचालक शिव प्रसाद दाहालले आफुलाई बजारमा मैनबक्तिको माग पुरा गर्नै नसकेको जानकारी दिए । उनका अनुसार अहिले बुटवल लगाएत अन्य छिमेकी जिल्लाहरु पाल्पा गुल्मी अर्घाखाँची स्याङ्गजा बाट समेत मैन बक्तिका लागी माग आउने गरेको छ । उनले भने -ुमाग बढि हुने सिजन नै यहि भएको कारण बजारमा माग पुर्ति गर्न नै सकेको छैन । उनले तिहार र लोडसेडिङ्गहुने समयमा राम्रो व्यापार हुने गरेको मा अझ बढि व्यापार तिहारमानै हुने गरेको बताए । अहिले दैनिक रुपमा ३ देखी ४ क्विन्टल बराबरको मैन बक्ति तयार गरेर विकि्र गर्दे आएको दाहालको भनाई छ ।
तिहारको समयमा दिपावलीकोलागी प्रयोग गरिने सानो आकारको मैन बक्ति प्रतिकेजी २ सय रुपैया मा विकि्र वितरण हुने र बजारमा गएपछी व्यापारीहरुले ३३ रुपैया प्रतिदर्जमा विकि्र गर्ने गर्दछन । शिव क्यान्डील उद्योगका संाचालक शिव प्रसाद दाहालका अनुसार अहिले दैनिक रुपमा ८ हजार देखी १० हजार बराबरको कारोवार हुने गरेको छ । मैन बक्ति उत्पादनका लागी आवश्यक पर्ने कच्चा पदार्थ विरगाज तथा विराटनगरबाट ल्याउने गरेको समेत दाहालको भनाई छ । बुटवल -६ गल्लामन्डीमा रहेको जय मु दुर्गेस खेलौना स्टोस्रमा मैन बक्ति र तिहारको समान खरिद गर्दे गरेकी कपिलवस्तु जिल्ला पिपरा गाविसकी मिना पुनमगरले माटोको दियोमा बत्ती बाल्दा झन्झट हुने भएको कारण आफुले मैन बक्ति नै बाल्ने गरेको बताईन ।
आज भन्दा केहि बर्ष पहिला माटो तथा सालको पातबाट बुनेको दियोमा दिपावलीको बक्ति बाल्ने गरेको भए पनी अहिले भने मैन बक्ति बाल्ने गरेको उनको भनाई थियो । उनले भनिन् -ुअहिले त तिहारमा सवैले मैन बक्ति बाल्ने गर्छन् यो त चलन जस्नै भईसकेको छ । आफुले मात्र दिपावलीमा मैन बक्ति नबाल्ने गरेको आफुलगाएत धेरैजसोले बाल्ने गरेको उनको भनाई थियो । उता मैन बक्तिको व्यापार गर्दे गरेका माँ दुर्गे खेलौना स्टोस्र बुटवल -६ गल्लामण्डीका संचालक दुर्गेस कुमार कानुले दैनिक रुपमा ५० देखी ६० हजार बराबरको मैनबक्तिको कारोवार भईरहेको जनाकारि दिए । उनले फुटकार तथा होलसेल रुपमा दैनिक ५ पेक देखि १० पेक विकि्र भईरहेको जनाए । १ पेकमा २४ बटा पेटि र २४ वटा पेटिमा १२ वटा प्याक र १ प्याक्मा १२ वटा मैन बक्ति हुन्छन । समान्य तय एक पेक मैन बक्ति १५ सय रुपैयामा विकि्रहुने गरेको छ ।