म्याग्दी , ३ कात्तिक धौलागिरि पदमार्गको याकखर्कमा हिउँमा चिप्लिएर भारतीय पर्यटक उत्तल विश्वासको मृत्यु भएको छ । मुस्ताङको मार्फा जानेक्रममा ५१ वर्षीय विश्वासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनको शवलाई आजै जिल्ला अस्पताल मुस्ताङमा पोस्टमार्टम गरी हेलिकप्टरमार्फत भारतीय दूतावासमा पठाइएको छ । उनी मुदी गाविसमा पर्ने धौलागिरि हिमालको फेदीबाट मुस्ताङ जान हिँडेका थिए ।