‘सहमतिको नजिक पुग्न लागेका छौं,’ हेम-सरिता पाठक प्रतिष्ठान अमेरिकाले विहीवार झापाको विर्तामोडमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा वोल्दै खनालले दलहरु केही दिनभित्र टुंगोमा पुग्ने आशा व्यक्त गरेका छन् ।
‘हामी धेरै निकट आइसकेका छौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ‘केही दिनमै एकीकृत प्याकेजमा पुग्नेछौं,’ खनालले शान्ति प्रकृया टुंगोमा पुर्याउन दलहरुवीचको सहमति मुख्य कडी रहेको बताउँदै सहमति विना त्यो सम्भव नरहेको बताए ।
उनले दलहरुवीच अझै एकता हुन नसकिरहेको तीतो यथार्थ सुनाए । ‘दलहरुवीच एकता हुन नसक्नु दुखद हो,’ उनले भने । उनले एउटा पार्टीले चाहदैमा शान्ति प्रकृया र संविधान निर्माण हुननसक्ने ठोकुवा गर्दै सवै मिलेर अघि वढ्नुको विकल्प नरहेको बताए ।
सो अवसरमा खनालले हेम-सरिता पाठक प्रतिष्ठान अमेरिकाले प्रत्येक वर्ष प्रदान गर्ने २ हजार डलर राशीको हेम-सरिता पाठक पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी तीर्थ कोइराला, ५ सय डलरको जिल्ला स्तरीय पत्रकारिता प्रोत्साहन पुरस्कार कान्तिपुरकर्मी लीला वराल, ५ सय डलरकै साधन पत्रकारिता पुरस्कार रामेश्वर नेपाली र हजार डलरको संगीत पुरस्कार गायक जीवन शर्मालाई प्रदान गरेका थिए ।



