सेना समायोजन सहमति नजिक स् डा। महत

नुवाकोट, ४ कात्तिक नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। रामशरण महतले
माओवादी लडाकु र हतियार व्यवस्थापनका सम्बन्धमा अधिकांश विषयमा दलहरुबीच
सहमति भइसकेको बताएका छन् ।

सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका डा। महतले बिहीबार नुवाकोटको
सुन्दरादेवी गाविसमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै दलहरुबीच
शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माणको लागि सहमति
भइसकेको र प्रमुख दलहरुबीचमा पनि हतियार र लडाकुको व्यवस्थापन सम्बन्धी
अधिकांश विषयमा सहमति भइसकेको खुलासा गरे ।

 

जारी शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण जस्तो मुख्य मुद्दा भएका
कारण त्यसलाई पूर्णता दिनका लागि दलहरुबीच हतियार र लडाकुको व्यवस्थापनको
सम्बन्धमा पूर्ण सहमति नभएसम्म निर्णयहरु  पहिले नै सार्वजनिक नगर्ने सहमति
भएका कारण तत्काल सहमतिको विषयमा यसभन्दा बाहेक अन्य कुरा नभन्ने डा।
महतले बताए । माओवादी लगायतका दलहरु शान्ति र संविधानका लागि क्रियाशील
रहेको र सम्पूर्ण दलहरु यसका लागि क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।

 

देशको आर्थिक, राजनीतिक र साास्कृतिक विकासका लागि शान्ति र संविधान
अपरिहार्य रहेकोसमेत डा। महतले बताए । राजनीतिक संक्रमणकालमा समेत जनताहरु
मेहनती भएमा गाउँको विकास हुने दावी गर्दै डा। महतले विकासले पूर्णता
पाएपछि जनताले आफूलाई पनि पूर्ण भएको महसुस गर्ने बताए ।