सल्यान, ४ कात्तिक संविधान सभाका सदस्य एवम् नेकपा एमाले सभासद धिरेन्द्र बहादुर श्रेष्ठले मंसिर १४ सम्मपनि शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया टुंगो नलाग्ने बताएका छन् ।
जनताले आशा गरेको शान्ति र संविधान निर्माण अब निराशामा परिणत हुँदै गएको भन्दै दलहरु प्रति जनताको विश्वास उठँदै गएको बताए ।
शान्ति प्रक्रिया र संविधान निर्माण तथा यसका जटिलता विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै सभासद श्रेष्ठले सो कुरा बताएका हुन् । शान्ति प्रक्रियामा सबैभन्दा जटिल विषय राज्यको पुनर्संरचना रहेको भन्दै यस विषयको समाधान गर्नुभन्दा पनि दलहरुले यसै विषयमा राजनीति गर्न लागेको अरोप उनको आरोप थियो । सबै दलभित्र अन्तर्द्वन्द्व रहेको भन्दै उहाले ठूलो र सानो दल भन्नुभन्दा पनि सबैदल मिलेर संविधान निर्माणमा जुट्नुपर्ने धारण राखे । माओवादीतर्फ इशारा गर्दै उनले सबैभन्दा ठूलो दलले मात्र यो काम गर्न सक्ने भए अहिलको सरकारले यो काम गरी सक्ने थियो । साथै उनले संविधान निर्माणको वाधक पनि माओवादी नै रहेको दावी गरे । साथै मंसिर १४ भित्र संविधानको एकीकृत मस्यौदा ल्याउन सके पनि संविधान निर्माणको आशा पलाउने उनको तर्क थियो ।



