
प्रधानमन्त्री भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा उक्त सम्झौता गरे पनि अर्को उपाध्यक्ष मोहन बैद्य र महासचिब रामबहादुर थापा आक्रोशित भएका छन् । बैद्य पक्षले सम्झौताले भारतीय हस्तक्षेपको आधार तयार पारेको आरोप लगाउँदै भट्टराईले पार्टी निर्णय बिपरित गरेको समेत दाबी गरेको छ । भट्टराई स्वयंले जोखिम मोलेर गरेको सम्झौता राष्ट्रघाती नभई भारतसंगको आथिर्क सम्बन्धमा ठूलो ढोका खोलेको



