आजै माओवादीबाट एमाले प्रवेश गरेकाहरुलाई पार्टी मुख्यालय बल्खुमा स्वागत गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी उग्रवामपन्थीबाट अब दक्षिणपन्थी भड्काउतिर ढल्केको आरोप लगाउनुभयो । माओवादीका पछिल्ला गतिविधिले माओवादीमा दक्षिणपन्थी भड्काउको खतरा बढेको उहाँले भनाइ थियो ।
कार्यक्रममा एकीकृत माओवादीका नेवाः राज्य समिति सचिवालय सदस्य तथा ललितपुर इन्चार्ज वासुदेव अमात्यसहित नेवाः राज्य अन्र्तगतका महिला, ट्रेड यूनियन, वाइसीएल लगायतका जनवर्गीय संगठनका एक दर्जन जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गरेका थिए ।



