अछाम, ६ कात्तिक, अछाम जिल्लाका करिब ४२ एचआईभी संक्रमित गर्भवतीबाट जन्मिएर बाँचेका २९ मध्ये १८ बालबालिकाले नयाँ जीवन पाएका छन् । जिल्ला अस्पताल अछामले गरेको रगत परीक्षणअनुसार उनीहरू संक्रमणमुक्त छन् । एकजनामा भने संक्रमण देखिएको अस्पतालले जनाएको छ । यी बालबालिका ६ हप्तादेखि दुई वर्ष उमेरका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय अछाममा एचआईभी ुफोकल पर्सनु समेत रहेका जनस्वास्थ्य निर्देशक झनक ढुंगानाका अनुसार एचआईभी संक्रमित आमाबाट जन्मिएका बालबालिकामा एचआईभी संक्रमण हुन नदिन सञ्चालन गरिएको ुआमाबाट बच्चामा सर्नसक्ने एचआईभी रोकथाम ९सीबी(पीएमटीसीटी० कार्यक्रमका कारण यो सम्भव भएको हो ।
ूदेशमै पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रममार्फत एचआईभी संक्रमित महिलाबाट जन्मिएर बाँचेका २९ मध्ये १८ बालबालिकामा संक्रमण रोक्न सफल भएका छौं,ू ढुंगानाले भने, ूबाँकी १० जनाको पनि प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौं ।ू
आफूहरू सङ्क्रमित भए पनि आफ्ना सन्तानमा एचआईभी नसरेको पुष्टि भएपछि ती बालबालिकाका अभिभावक खुसी भएका छन् ।
एचआईभीको संक्रमण नरहेको भनी पुष्टि गरिएका १८ मध्ये १० बालबालिका संक्रमित भएरनभएको पत्ता लगाउन थाइल्यान्डमा पीसीआर परीक्षण गरिएको थियो भने ९ जनालाई १८ महिनासम्म अस्पतालको प्रत्यक्ष निगरानीमा राखेर जाँच गरिएको थियो ।
बाँकी १० जनाको जाँच भइरहेको र उनीहरूमा पनि एचआईभी सर्ने सम्भावना कम रहेको जिल्ला अस्पतालका डा। खगेश्वर गेलालले बताए ।
यो कार्यक्रमअन्र्तगत संक्रमित अभिभावकलाई सकभर सन्तान नजन्माउन सल्लाह दिने, उनीहरुको प्रतिरोधात्मक क्षमता बढाउन औषधि खुवाउने र उनीहरबाट जन्मिएका बालबालिकालाई प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्ने, बालबालिकालाई ६ महिनापछि संक्रमित आमाको दूधको सट्टा पोषिलो खानेकुरा खुवाउने, उनीहरूको उमेर पुगेपछि रगत परीक्षण गर्ने र काउन्सिलिङ गर्नेलगायतका कार्य गरिन्छ । यो कार्यक्रम नेपालमै पहिलोपटक अछाममा २०६५ चैतदेखि सञ्चालन गरिएको हो ।
जिल्लामा एचआईभीसम्बन्धी कार्यक्रम हेरिरहेका युनिसेफका सञ्जीवकुमार रजकले जिल्लाका अन्य एचआईभी संक्रमित बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन र किशोरावस्था र युवावस्थामा हुनसक्ने संक्रमण रोक्न विभिन्न प्रयास भइरहेको जानकारी दिए ।
जिल्लामा हाल ४४० पुरुष र ७३६ जना महिला गरी १ हजार १७६ जना एचआईभी संक्रमित रहेको बताइएको छ । तीमध्ये ४२ जना गर्भवती र ७८ जना बालबालिका छन् । संक्रमित महिलामध्ये एकजनाको मृत्यु भइसकेको छ ।