दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको आगामी शिखर सम्मेलन नोभेम्वर १० देखि माल्दिभ्समा हुने भएको छ । सार्क शिखर सम्मेलन तयारी समितिले आज राजधनीमा गरेको कार्यक्रममा सम्मेलनको तयारी शुरु भएको जानकारी दिइएको हो ।
कार्यक्रममा युरोपीयन र आशियानको तुलनामा दक्षिण एशियाली मुलुकहरु पछाडि परेको भन्दै दक्षिण एशियाको विकास र सम्वृद्धिका लागि थप प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याइएको थियो । सार्कको आगामी सम्मेलनमा आर्थिक विकास मुख्य एजेण्डा हुने वताइएको छ ।