काठमाडौं, ७ कात्तिक आज व्यवस्थापिका संसद् बैठक दिउँसो १ बजे बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री डा। बाबुराम भट्टराईको भारत भ्रमण र सन्धीसम्झौताको बारेमा सभासद्हरुले जिज्ञासा राख्ने बताइएको छ ।
भारत भ्रमणको क्रममा भएको लगानी प्रवर्द्धन तथा सुरक्षणसम्बन्धी सहमति बिपा सम्झौता गरेपछि प्रतिपक्षी दलहरुले संसद्मा चर्को आलोचना गर्ने तयारी गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । आजको बैठकमा समसामयिक अन्य विषयमा पनि छलफल हुने बताइएको छ । बिपा सम्झौताको प्रतिपक्षी दल र माओवादीकै वैद्य समूहले कडा आलोचना गरिरहेका छन् ।
यसैबीच नेपाल सरकार मन्त्रिपरिषद् बैठक पनि आज अपराहृन बस्दैछ । बैठकमा प्रधानमन्त्रीको नेतृत्वमा चारदिने भारतभ्रमणमा गएको टोलीको उपलब्धीको बारेमा समीक्षा हुने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गङ्गा श्रेष्ठले जानकारी दिएका छन् ।