प्रधानसेनापतिको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

१३ कात्तिक, काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठकले आजदेखि हुने प्रधानसेनापति छत्रमानसिंह गुरुङको भ्रमण स्वीकृत गरेको छ ।
यस्तै बैठकले चीन सरकारले वीरेन्द्र सैनिक अस्पतालका लागि उपलव्ध गराउने भनिएको मेडिकल उपकरण ग्रहण गर्ने पनि अनुमति प्रदान गरेको सरकारका प्रवक्ता एवं उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा विभिन्न मन्त्रालयका नियमित कामकारबाहीको समीक्षा  तथा सुरक्षा अवस्थाका बारेमा समेत छलफल भएको बताइएको छ ।