समान तलबसुबिधाको माग गर्दै निजी विद्यालयका शिक्षक आन्दोलित

चितवन, १४ कात्तिक निजी  विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारी विद्यालयका शिक्षक कर्मचारीसरह समान तलब सुविधा माग गर्दै चितवनका सबै निजी  विद्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् ।
हिजो साँझ प्याब्सन र ईष्टु चितवनबीच  भएको वार्तामा सहमती नजुटेपछि  आजबाट बन्द आहृवान गरिएको ईष्टु चितवनका अध्यक्ष केशवराज पाठकले बताए ।  
बन्दका कारण आज पहिलो दिन जिल्लाभर रहेका १ सय ६१ बोर्डिङ स्कूलमा अध्ययनरत ६०हजार भन्दा बढि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । यस विषयमा प्याब्सनले शुल्क वृद्धि नगरिकन सेवासुविधा वढाउन नसकिने बताएको छ । जिल्ला शिक्षा कार्यालय भरतपुरले शैक्षिक सत्रकोबीचमा तलव बढाउन नसकिने जनाएको छ ।  
यसअघि उनीहरुले कात्तिक ४ गते प्याब्सन चितवनको कार्यालयमा तालाबन्दी गरेका थिए ।