काठमाडौं, १५ कात्तिक स्वतन्त्र तिब्बतको माग गर्दै प्रदर्शन गर्न खोज्ने ३५ जनाभन्दा बढी तिब्बती शरणार्थीहरु पक्राउ परेका छन । आज ललितपुरको जावलाखेलमा उनीहरुले तिब्बतको स्वतन्त्रताका क्रममा बिभिन्न क्षेत्रमा आत्मदाह गरेको भिक्षुहरुको सम्झानामा पुजा पाठ गरी प्रदर्शन गर्ने प्रयास गरेका थिए ।
बिहानैदेखि पटक पटक प्रदर्शन नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ गरिएको ललितपुर उपमहानगरिय प्रहरीले जनाएको छ । यसबीचमा सामान्य झडप समेत भएको प्रहरीको भनाइ छ । नेपालले एक चीनको नीति अपनाउादै चीन विरोध कुनै पनि कामका लागि आफ्नो भूमि प्रयोग हुन नदिने बताउँदै आएको छ ।