शान्ति प्रकृयामा सहमति, ६ हजार ५ सय लडाकु समायोजन गरिने बैद्य पक्ष असहमत

काठमाडौ, कार्तिक १५ – प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुसहितको बैठकमा माओवादीका ६ हजार छ सय लडाकु समयोजन गर्ने सहमति बनेको छ । तर, माओवादीको उपाध्यक्ष मोहन बैद्य पक्ष भने त्यसमा सहमत भएका छैनन् ।

स्रोतका अनुसार तीन दलीय बैठकमा ६५ सय लडाकुको समायोजन र तह अनुसार ५ देखि  ८ लाख रुपैयाँसम्म पुनुस्थापनामा जानेलाई दिने भन्ने सहमति बनेपछि बैद्य पक्षले त्यसमा असहमति जनाएका थिए । 

माओवादी नेताहरुबीच फेरी बैठक सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई पक्षले बैद्य पक्षलाई सम्झाउने कोशिस गरिरहेको स्रोतले बतायो । ‘सहमति अनुसार सहमति तयार गर्ने प्रकृया सुरु भइसकेको छ’ स्रोतले भन्यो ।

तीन दलको बैठक जारी

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन विवादित विषयलाई टुङ्ग्याएर अघि बढने सहमति गर्ने उद्देश्यले अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु सहभागी छन् ।

यसअघि बैठको प्रस्ताव तयार पार्न तीन दलका शीर्षा नेताको मात्र होटल र्याडिसनमा बैठक बसेको थियो । बालुवाटारमा दिउँसो चार बजेदेखि बैठक बस्ने भनिएपनि तीन दलका छुट्टा छुट्टै बैठक बालुवाटारमै बसेकाले तीन दलको बैठक ढिलो भएको हो ।

बालुवाटारमा तीन दलको छुट्टा छुट्टै बैठक

शान्ति प्रकृया र सत्ता साझेदारीका सम्बन्धमा सहमति जुटाउन माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुको  बैठक पछि प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुको छुट्टै बैठक जारी छ ।

स्रोतले शीर्ष नेताहरुको बैठकमा भएको सहमतिलाई तीन दलको बैठक बस्नु अघि आ